Follow us: Youtube Android App
कुटी नै सिध्याए महन्थले
४ असोज २०७८

जनकपुरधाम : जनकपुरधामलाई ५२ कुटी, ७२ कुण्डको सहर भनेर चिनिन्छ। २५–३० वर्षअघिसम्म टोलपिच्छे भेटिन्थे पनि मन्दिर र कुटी। तर, अहिले अधिकांश ती धार्मिक धरोहर देख्न पाइँदैन। त्यससँगै हराए भगवान्का मूर्ति। बाँकी छन् त केवल केही भग्नावशेष। बरु ती ठाउँमा ठूला–ठूला भवन ठडिएका छन्।

बागवनी फार्म रहेको ठाउँमा पहिले वीरपुर राधाकृष्ण मन्दिर थियो। तर, अहिले मन्दिरको नामनिसानै छैन। जग्गा भने सरकारले उपभोग गरिरहेको छ। प्रादेशिक अस्पताल भएको ठाउँमा सियाबिहारी कुटी थियो। त्यो पनि अस्तित्वमा छैन। यस्तै, रासबिहारी, युगलबाबा, रेवासी माइजी, रामेश्वर दास, सीताराम दास तत्मा, सीताराम दास मनियार र विमला बिहारी कुटी मासिएका छन्।

रामजानकी पिक्चर प्यालेस रहेको ठाउँमा रघुवीरशरण व्यास कुटी थियो। त्यससँगै कन्हैया, किशोरी शरण, सखी, परमहंसजी, वशिष्ठ शरण, भटवा, लक्ष्मण शरण कुटीको पनि अत्तोपत्तो छैन। त्यस्तै, रामदयाल शरण, भजनिया, सतानन्द आश्रम, लक्ष्मण शरण, सीताराम दास कुटी वेल्ही, रौनियार, चमार, महापात्र, सबरी कुटीको अहिले अस्तित्व छैन। कुटीसँगै जग्गा पनि अतिक्रमणकारीले हडपेका छन् ...

समाचार स्रोत :