Follow us: Youtube Android App
जसले ज्यान जोखिममा पारेर छाङरु र तिंकरको जनगणना गरे
११ मंसिर २०७८

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिंकर पुग्न सीमापारि भारतको धार्चुलाबाट ७–८ घण्टाको बसको यात्रा गर्नुपर्छ।

नेपालबाट यी दुई दुर्गम गाउँ पुग्ने मोटरबाटो त परै जाओस् गोरेटो बाटो पनि छैन। भएको गोरेटो बाटो पहिरोले क्षतविक्षत छ। सोहीकारण जनगणना सुरु हुनुअघि भएको घर सूचीकरण कार्यका लागि भारतीय प्रशासनबाट पास बनाएर जिल्ला जनगणना कार्यालयको टोली धार्चुलाबाटै छाङरु र तिंकर पुगेको थियो।

मूल जनगणनाका लागि कात्तिक २५ देखि मंसिर ९ सम्मको समय तोकिएको थियो। त्यसका लागि पुनः एकपटक जनगणना कार्यालयको टोली ती गाउँमा जानुपर्ने भयो। भारतीय प्रशासनलाई २५ गते नै कार्यालयले पास उपलब्ध गराइदिन अनुरोधसहित पत्र लेख्यो ...

समाचार स्रोत :