Follow us: Youtube Android App
सन् २०२० मा इतिहासकै कम पर्यटक, ८१ प्रतिशतले गिरावट
१८ पुष २०७७

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गर्दै उद्घाटनसमेत गरेको थियो । तर, चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारीका रूपमा फैलिएपछि नेपालले भ्रमण वर्ष कार्यक्रम नै रद्द मात्रै गरेन, सम्पूर्ण सीमानाकासमेत बन्द गर्‍यो ।


गत ११ चैतदेखि पूर्ण रूपमा विमानस्थल तथा एयरलाइन्स सेवा ठप्प पारेसँगै नेपालमा पर्यटक आगमनसमेत ठप्प भयो । सोही कारण सन् २०२० मा इतिहासकै कम पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा सन् १९९३ देखि पर्यटक आगमनको तथ्यांक राख्न थालिएको हो । पहिलो वर्ष सन् १९९३ मा २ लाख ९३ हजार ६ सय ६७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि प्रत्येक वर्ष बढ्दो क्रममा रहेको पर्यटक आगमनदर माओवादी द्वन्द्व चर्कंदै गएपछि सन् २००२ मा घटेर २ लाख ७५ हजार ४ सय ६८ मा खुम्चिएको थियो ...

समाचार स्रोत :