Follow us: Youtube Android App
८ हजार मिटरमाथि पुगेका आरोही पनि फर्किन थालेः खिमलाल गौतम
१३ जेठ २०७८

खिमलाल गौतमले दुई पटक सगरमाथाको आरोहण गरिसकेका छन्। उनको नेतृत्वमा सगरमाथाको मापन गरिएको थियो।

अहिले सगारमाथा आधार शिवरमा सम्पर्क अधिकृतको रुपमा रहेका गौतमसँग गरिएको कुराकानी :

अहिले सगरमाथा क्षेत्रको मौसम कस्तो छ?
यहाँ हिजोदेखि भारिमात्रामा हिमपात भइरहेको छ। जसको कारण आरोहण प्रभावित भएको छ। ८ हजार मिटरसम्म पुगेका आरोही पनि क्याम्प २ मा फर्किन बाध्य भएका छन्। माथी जाँदै गरेका आरोही पनि तल झरेका छन्।

अहिले सगरमाथा क्षेत्रमा कति मानिस होलान्?
केही आरोहीहरु आरोहण सकेर आधार शिविरमा आए पनि फर्किन पाएका छैनन्। अहिले आधार शिविरमा करिव ५ सय मानिस छन्। त्यस्तै क्याम्प २ मा करिव ३ दर्जन आरोही र किचन स्टाफसहित ८० जना जतिको संख्यामा छन्...

समाचार स्रोत :