Follow us: Youtube Android App
बंगलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल आईपुग्यो, अभाव नहुने
१७ असार २०७८

वीरगञ्ज । बिगतका वर्षहमा जस्तो यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जले जनाएको छ ।

सरकार— सरकार बीच भएको रासायनिक मल खरिद गर्ने सम्झौता अनुसार बंगलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आईसकेकाले यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जका प्रबन्धक गोरखनाथ केसीले बताउनु भयो ।

सरकार— सरकार बीच भएको ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्ने सम्झौता अनुसार ४५ मेट्रिकटन युरिया मल नेपाल आईपुगेको र पाँच हजार मेट्रिकटन आउनेक्रममा रहेकाले अहिले कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालयहरु बीरगञ्ज, बिराटनगर र भैरहवामा पर्याप्त मात्रामा युरिया मल रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जका प्रबन्धक केसीले दाबी गर्नुभयो ।

५० हजार मेट्रिकटन युरियामल बाहेक बंगलादेशले थप दुई हजार मेट्रिकटन मल दिने भएकाले एक हप्ताभित्र आउनेक्रममा रहेको पाँच हजारमा दुई हजार थपिएर सात हजार मेट्रिकटन युरियामल कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालयहरु बीरगञ्ज, बिराटनगर र भैरहवा कार्यालयमा आईपुग्ने उहाँले जनाउनु भयो ...

समाचार स्रोत :