Follow us: Youtube Android App
बाँदर धपाउने ड्युटी
२७ असार २०७८

चितवन । कालिका नगरपालिका–९ द्रब्यटारका १० वर्षीय विपन चेपाङको काम हिजोआज बाँदर धपाउने हो। उनी बिहान बाँदर लखेट्न गुलेली लिएर बस्छन्। मकै खान आउने बाँदरलाई गुलेली हानेर लखेट्छन्। एकैछिन आँखा छल्यो कि बाँदरले मकै खाइहाल्छ।

‘कुरेर नबसे बाँदरले मकै खाइदिन्छ अनि हामीले खान पाउँदैन’, उनले भने, ‘बिहानै आएर साँझ परेपछि फर्कने हो।’

विपन मात्र होइन, यहाँका हरेक परिवारका एक जना बाँदर धपाउन खटिन्छन्। माथि स्याउला हालेर घाम छेक्न बनाएको टाँड प्रायः सबैका बारीमा भेटिन्छ। बाँदरलाई तर्साउन थोत्रा लुगाको पुत्ला बनाएर राखेका छन् ...

समाचार स्रोत :