Follow us: Youtube Android App
जलवायु परिवर्तन हेर्न उच्च संयन्त्र अभाव छुट्टै मन्त्रालय किन नबनाउने ?
२० असोज २०७८

मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको जलवायु परिवर्तनको विषय दिनानुदिन पेचिलो बनेको छ। कोरोना महामारीको कहरबाट बिस्तारै तंग्रिँदै गरेको विश्वले समयमै उपयुक्त प्रयास नगरे जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धिले केही दशकमै जीव र जगत्मा गम्भीर प्रभाव पार्ने तथा मानव अस्तित्व नै नामेट हुन सक्ने आकलन हुन थालेको छ।  

जलवायु परिवर्तन विश्वव्यापी चर्चाको केन्द्र बनिरहँदा यति धेरै महत्वको विषयलाई सम्बोधन गर्न नेपालमा उच्चस्तरीय सरकारी संरचना अथवा निकायको अभाव देखिएको छ। यो विषय विभिन्न मन्त्रालयमा छरिएको छ र कतिपय बेला नेतृत्वको विषयमा मन्त्रालयबीच तानातानसमेत देखिएको छ।

वन तथा वातावरण मन्त्रालयमा रहेको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा जलवायु परिवर्तनका विषयमा फोकल निकाय रहे पनि यो महाशाखाले अन्तरमन्त्रालय सहयोग र समन्वयमा यथेष्ट भूमिका निर्वाह गर्न सकेको छैन ...

समाचार स्रोत :