Follow us: Youtube Android App
जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ
१ कात्तिक २०७८

एक दशक अघि सम्म जुम्लाको मुल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँ सम्म थियो। ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो। स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो। जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे। अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो। माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो। स्याउ कुहिन्थ्यो। बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो।  

तर कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुदैँ जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थाल्यो। यहाँको स्याउको  मुल्य बढ्दै जान थाल्यो। किसानहरू स्याउ खेती प्रति आकर्षित हुन थाले। गत बर्ष बगैँचामै स्याउको मुल्य प्रतिकेजी ५० रुपैयाँ थियो। यो बर्ष जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ प्रतिकेजी छ। यो मुल्य जुम्ली स्याउको अहिले सम्मको सर्वाधिक हो।

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन। यो मुल्य पनि निकै कम हो ...

समाचार स्रोत :