Follow us: Youtube Android App
३२ वर्षसम्म लुकाइएको फेवातालको त्यो प्रतिवेदन
५ मंसिर २०७८

पोखरा — फेवाताल अतिक्रमणका सम्बन्धमा छानबिन गर्न ३६ वर्षअघि गठित समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरी ३२ वर्षदेखि लुकाइएको खुलेको छ । सरकारले गत वर्ष पुण्य पौडेलको संयोजकत्वमा गठन गरेको समितिको सिफारिसमा फेवातालको चारकिल्ला, सीमा र क्षेत्रफलसहितको नक्सा राजपत्रमा प्रकाशित भइसकेपछि उस्तै प्रकृतिको प्रतिवेदन पहिल्यै तयार भएको खुलेको हो ।

पौडेल नेतृत्वको समितिले अध्ययन गर्ने क्रममा प्रदेश मातहतको सिँचाइ डिभिजन कार्यालय कास्की र स्याङ्जा कार्यालयमा उक्त प्रतिवेदनका प्रति भेटिएका थिए । २०४६ मा प्रजातन्त्र पुनर्बहालीपछि फेवातालको क्षेत्रफलसम्बन्धमा सातवटा प्रतिवेदन सार्वजनिक भइसकेका छन् । पौडेल समितिको सिफारिसमा फेवातालको चारकिल्ला, सीमा र क्षेत्रफलसहितको नक्सा राजपत्रमा प्रकाशित भइसकेपछि पुरानो प्रतिवेदनबारे खुलेको थियो । पुरानै प्रतिवेदनमा २०३१ सालमा बाँध फुटेका

बेला पानी घटेको मौका पारेर फेवातालको जग्गा स्थानीयले अतिक्रमण गरेको र पछि बाँध बनेपछि त्यही जग्गाको मुआब्जा मागेकाले मुआब्जा नदिई दर्ता बदर गर्न सिफारिस गरिएको थियो । त्यही विषयमा तीन पटक मन्त्रीस्तरीय निर्णयसमेत भएको पाइएको छ । तर, प्रजातन्त्र पुनर्बहालीसँग उक्त प्रतिवेदन बेपत्ता पारिएको थियो ...

समाचार स्रोत :