Follow us: Youtube Android App
लुम्बिनीभर अक्सिजन हाहाकार
२४ बैशाख २०७८

रुपन्देही l लुम्बिनी प्रदेशका ठूला अस्पताल रहेका रूपन्देही, दाङ र बाँके कोरोना ‘हटस्पट’ बनेका छन् । आसपासका जिल्लाबाट समेत गम्भीर अवस्थाका संक्रमितलाई उपचारका लागि यहाँ ल्याउने गरिएको छ । प्रदेशका चार कोरोना र दुई शिक्षण अस्पतालमा अहिले बिरामी खचाखच छन् ।

श्वासप्रश्वास समस्या भएर अक्सिजन चढाउनुपर्ने बिरामी दिनहुँ थपिइरहेका छन् । तर, अक्सिजन अभाव देखाउँदै यी अस्पतालले बिरामी फर्काउन थालेका छन् । केहीले तीन/चार दिनदेखि नयाँ बिरामी भर्ना रोकेका छन् । अस्पतालले अक्सिजन अभाव भएकाले भर्ना भएका बिरामीको मृत्यु हुन सक्ने चेतावनी दिन थालेपछि यहाँ चिन्ता बढेको हो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक र कोरोना विशेष अस्पतालमा बुधबार अक्सिजन आपूर्ति भएन । बाँकेबाट डिलरले अक्सिजन ल्याउन नपाएपछि रूपन्देहीकै अर्को सप्लायर्सलाई जिम्मा दिइयो । उक्त सप्लायर्सले ६० थान सिलिन्डर उपलब्ध गरायो तर बाँकेबाट अक्सिजन आपूर्ति नभएपछि अभाव चर्किएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालले बताए । ‘सप्लायर्सले हाम्रो भर नपर्नु, सबैलाई पुर्‍याउनुपर्छ भन्यो,’ उनले भने, ‘त्यसपछि समस्या भयो ...

समाचार स्रोत :