Follow us: Youtube Android App
९६,३०० किलो अखाद्य घिउ भान्सा–भान्सामा
४ भदौ २०७८

काठमाडौं : काठमाडौं महानगरपालिकाको टोलीले गत असोज २६ गते दुग्ध विकास संस्थान (डीडीसी)को  भण्डारण गृहमा ९६ हजार ३ सय किलो बटर (मक्खन) म्याद नाघेको फेला पार्‍यो। त्यसको भोलिपल्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले पनि अनुगमन गर्दा उक्त बटर म्याद नाघेकै ठहर गरी रोक्का गर्‍यो। त्यसलाई प्रयोग तथा बिक्रीवितरण नगर्न डीडीसीको काठमाडौं दुग्ध वितरण आयोजनालाई निर्देशन दियो। तर, त्यसको केही समयपछि खोजबिन गर्दा फेला परेन।

बरु कारबाही प्रक्रियाको टुंगो नलाग्दै घिउ बनाएर उपभोक्ताको घर–घरमा पठाइसकेको पाइयो। उपभोक्तालाई प्रतिकिलो ५० रुपैयाँ छुट दिई ८ सय ५० रुपैयाँमा बिक्री गरेको खुलेको छ। बिक्रेताले प्रतिकिलो ५ प्रतिशत कमिसन पाए ...

समाचार स्रोत :