Follow us: Youtube Android App
मूल्य नतोकिएका औषधि छ्यापछ्याप्ति, ११७ को मात्रै मूल्य निर्धारण
६ भदौ २०७८

काठमाडौं : औषधि व्यवस्था विभागले औषधिहरुको मूल्य निर्धारण नगर्दा विक्रेताहरुले मनपरी रकम असुल्ने गरेका छन् । जसको प्रत्यक्षमारमा बिरामी परेका छन् । विभागले दर्ता भएका ११ हजार आठ सय १२ प्रकृतिका औषधिमध्ये जम्मा एक सय १७ प्रकृतिका औषधिको मात्रै मुल्य निर्धारण गरेको छ ।

औषधि व्यवस्था विभाग संवेदनशिल नबन्दा सर्वसाधारणहरु चर्को मूल्यमा औषधि खरिद गर्न बाध्य छन् । विभागले न मूल्य निर्धारण गर्छ न बजार नै अनुगमन गर्छ । विभागको तथ्यांक अनुसार यो वर्ष देशभर ८७ वटा औषधि पसललाई मात्र कारबाही गरीएको छ ।

जबकी औषधि पसलको संख्या २९ हजार ५८ रहेका छन् । औषधि ऐन २०३५ अनुसार आवश्यक देखेमा कुनै औषधिको मूल्य निर्धारण गरी राजपत्रमा प्रकाशन गर्नसक्ने व्यवस्था छ । विभागले १ सय ४४ प्रकारका औषधिको मूल्य निर्धारण गरेकोमा एक सय १७ किसीमका औषधिको मुल्य मात्र राजपत्रमा प्रकाशित गरेको छ ...

समाचार स्रोत :