Follow us: Youtube Android App
सम्झौताविपरीत बेचियो मणिपाल
१४ भदौ २०७८

पोखरा : सरकारसँगको सम्झौता विपरीत पोखराको मणिपाल कलेज बिक्री भएको छ। पोखराका व्यवसायी आनन्दराज बतास र नारायण पौडेल (बापौं होल्डिङ्स) ले सवा ३ अर्ब रुपैयाँमा कलेज किनेका हुन्। शुक्रबार मणिपाल ग्रुप र बापौं होल्डिङ्सबीच खरिद बिक्री सम्झौता भएको छ। आनन्दको बतास अर्गनाइजेसनको ६० र नारायणको अटोवेज प्रालिको ४० प्रतिशत लगानी रहने भएको छ।

मणिपाल ग्रुप र सरकारबीच २०४९ सालमा कलेज सञ्चालनको सम्झौता भएको थियो। सम्झौताबमोजिम सरकारले पोखरा—११ फूलबारीमा १ सय ६० रोपनी जमिन ४९ वर्षका लागि भाडामा उपलब्ध गराएको थियो। २०५२ सालमा अस्पताल सञ्चालनमा आएपछि ४९ वर्षेअघि सुरु भयो ...

समाचार स्रोत :