Follow us: Youtube Android App
मापदण्ड निक्कै नाघ्यो प्रदूषणले
२१ असोज २०७८

नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरका गिरबहादुर गुरुङ छतमा सुकाएको लुगा कालो भएको देख्दा अचम्मित हुन्छन्। गुरुङ यसबारे छिमेकी रामचन्द्र श्रेष्ठलाई सोध्छन्– ‘यो के भएको हो ?’

श्रेष्ठ जवाफ दिन्छन्, ‘औद्योगिक क्षेत्रका उद्योगबाट निस्किएको कालो मुस्लोले वातावरण प्रदूषित बनाएको छ।’ कानुन व्यवसायी विकास आचार्य पनि राति पार्किङमा राखेको गाडीमा बिहान कालो लाग्ने गरेको अनुभव सुनाउँछन्।

गुरुङ, श्रेष्ठ र आचार्य मात्रै होइन, नेपालगन्ज औद्योगिक क्षेत्र आसपासका बासिन्दा वर्षौंदेखि यस्तै प्रदूषण सहन बाध्य छन्।

नेपालगन्ज औद्योगिक क्षेत्रका प्रमुख कृष्ण पुनका अनुसार मोडर्न रोज एन्ड उड प्रो प्रालि र रिजवान इन्जिनियरिङले वायु प्रदूषण गरेका छन्। उनी भन्छन्, ‘रिजवानले विभिन्न केमिकल प्रयोग गर्ने भएकाले हानिकारक देखिएकाले उद्योग नै बन्द गरेका छौं ...

समाचार स्रोत :