Follow us: Youtube Android App
भारतबाट १० लाख डोज कोभिडसिल्ड खोप यही साता ल्याइने
२१ असोज २०७८

भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ। आठ महिनाअघि प्राप्त भइसक्नुपर्ने सो खोप यही शनिबार नेपाल ल्याइपुर्‍याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख उपेन्द्र ढुंगानाले सरकारले गत फागुनमा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई रकम भुक्तानी गरेर पनि आउन बाँकी १० लाख डोज खोप शनिबारसम्ममा आइपुग्ने जानकारी दिएका हुन्।  

कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि भारतमा धेरै जनसंख्या प्रभावित हुँदा त्यहाँको सर्वोच्च अदालतले खोप आफ्ना नागरिकलाई दिएर मात्र अन्य देशमा निर्यात गर्न आदेश दिएको थियो। त्यसैलाई कारण देखाएर कम्पनीले सो खोपको नेपाल निर्यातलाई स्थगित गरेको थियो।

भारतबाट ल्याइने सो खोप पहिलो डोजका रूपमा कोभिसिल्ड वा अस्ट्राजेनिका लगाएकाहरूलाई दोस्रो डोज दिने र अन्य समूहलाई पनि क्रमशः दिँदै जाने तयारी भइरहेको ढुंगानाले जानकारी दिए ...

समाचार स्रोत :