काठमाडौं : आज फागु पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्।
यसै अवसरमा पाटनमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृदवृद्धा,बालबालिका होली मनाइरहेका छन् । होली खेल्न विभिन्न स्थानबाट युवायुवतीहरू आउने क्रम जारी छ। कलाकारहरूको पनि उल्लेख्य सहभागीता रहेको छ। विदेशी पर्यटकहरू पनि होलीमा रमाइ रहेका छन्।
पाटनमा एक साताअघि चीर गाडिएको थियो। चीर गाडिएसँगै काठमाडौंमा होलीको चहल पहल बढेको थियो। असत्यमाथि सत्यको विजयको प्रतीक,पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ...