Follow us: Youtube Android App
३ करोड बजेटमा ‘छक्का पन्जा ४’, सुटिङका लागि १ बर्ष लाग्ने
१५ साउन २०७७

चलचित्र ‘छक्का पन्जा ४’ निर्माणका लागि ३ करोड भन्दा बढी बजेट लाग्ने निर्माता तथा लेखक दिपकराज गिरीले जानकारी दिएका छन् ।

निर्माता गिरीका अनुसार, यो चलचित्र छायांकनका लागि १ बर्ष लाग्नेछ । चलचित्रलाई विभिन्न समयमा छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने भएको हो । फरक फरक परिवेशमा चलचित्र छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने दिपकले बताए । दीपाश्री निरौलाले नै निर्देशन गर्ने यो चलचित्र यो बर्ष निर्माण नहुने भएको छ । यो अघि दिपकराज र उनको टिमले बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने तयारी गरेको छ । यसपछि मात्र चलचित्र ‘छक्का पन्जा ४’को छायांकन सुरु हुनेछ ...

समाचार स्रोत :