Follow us: Youtube Android App
उपत्यकाका सरकारी कार्यालय ५० प्रतिशत कर्मचारीबाट मात्र चलाउने सरकारको निर्णय
२८ साउन २०७७

सरकारले कोरोना संक्रमणको जोखिम बढ्न नदिन काठमाडौं उपत्यकाका सरकारी कार्यालय ५० प्रतिशत कर्मचारीबाट मात्र चलाउने निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सरकारी, गैर सरकारी तथा बैंक तथा सेवा प्रवाह गर्ने निकायलाई वर्क फर्म होमको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ‘सरकारी र गैर सरकारी कार्यालय, बैंक तथा बैंकिङ सेवा प्रवाह गर्ने निकायले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने र वर्क फर्म होमको व्यवस्था मिलाउने निर्णय भएको छ ...

समाचार स्रोत :