Follow us: Youtube Android App
हस्ताक्षरको मसी नसुक्दै नेकपा सांसदहरूद्वारा आ–आफ्नै गुटको ‘भजन गान’ !
२८ साउन २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ दर्जन सांसदहरूले पार्टी विभाजनको विपक्षमा हस्ताक्षर गरेको ३ दिन नबित्दै हस्ताक्षरकर्ताले नै यसप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।


आइतवार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर पार्टी एकताका पक्षमा ६३ जनाको हस्ताक्षर संकलन भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा उपस्थित सांसदहरूले आफू कुनै पनि पूर्व समूहमा नलाग्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेको बताएका थिए । हस्ताक्षर गर्ने बहुमत सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय हुन् ...

समाचार स्रोत :