Follow us: Youtube Android App
नारायणी अस्पतालका चिकित्सक र नर्ससहित साढे ३ सय कर्मचारीले दिए सामूहिक राजीनामा
२८ साउन २०७७

काठमाडौं । नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिन बाध्य जानकारी दिए ।


उनका अनुसार राजीनामा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । "तर, स्वीकृत भएको छैन," उनले भने, "अहिले सेवा दिइरहेकै छौं ।" चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै राजीनामा बुझाएको उनले बताए ...

समाचार स्रोत :