सरकारले आर्थिक मितव्ययिताको नीति अपनाएको बताउँदै आए पनि महिनाको ५० करोड रुपैयाँ सवारी साधन खरिदमा खर्च गर्दै आएको छ।
सरकारी राजस्वले चालु खर्च धान्न नसकेको र पूर्वाधार निर्माणमा ऋण लिनुुको विकल्प नभएको अवस्थामा सवारी साधन खरिदमा गरिएको खर्चले सरकारको मितव्ययिता नीतिलाई गिज्जाएको देखिन्छ। सरकारी तथ्यांकले विगत ३ वर्षमा सवारी साधन खरिद गर्न सरकारले वार्षिक ६ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको देखाएको छ। यो महिनाको ५० करोड रुपैयाँ बराबर हो ...