Follow us: Youtube Android App
कर्णालीको सेवामा जीवन समर्पण गरेका डाक्टर
१७ असोज २०७७

सुर्खेत । हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीवासीले सबैभन्दा पहिला सम्झिने नाम हो डा. हरिप्रसाद सापकोटा । बच्चादेखि वृद्धसम्म उनको नाम नलिने र उनको उपचारले निको नभएका कर्णालीमा कमै होलान् ।


तिनै डा. बिहीबार अपराहृन ३ बजे धर्तीबाट विलीन भएका छन् । कोरोना संक्रमणले थलिएका उनको बाँकेस्थित भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डा.सापकोटाको निधनसँगै कर्णालीवासीले एक ‘भगवान’ गुमाएका छन् । कर्णाली प्रदेश अस्पतालमा १४ वर्षदेखि कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटा २०६३ भदौ एक गते भेरी अस्पताल बाँकेबाट तीन महिनाको काजमा तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आएका थिए ...

समाचार स्रोत :