Follow us: Youtube Android App
नेपालमा संघीयता : बिऊ रोपियो सुन्तलाको, फल फलायो भोगटेको !
२० असोज २०७७

काठमाडौं । प्रदेशमा स्वायत्त र केन्द्रमा साझा शासन संघीयताको शाश्वत परिभाषाभित्र पर्छ । तर संघीय शासन प्रणालीको अभ्यासरत अवस्थामा मुलुकमा स्वामित्वको संकट, कार्यान्वयनमा असंगति र प्रतिकूल शक्ति सन्तुलन खडा भएको देखिन्छ ।


संघीय शासन प्रणालीको नेतृत्वकर्ताको नियत, नियति र परिस्थिति आशालाग्दो र उत्साहजनक छैन । प्रदेशहरु स्वायत्त हुने संघीयताको सिद्धान्त विपरीत अभ्यासमा केन्द्र नियन्त्रित र निर्देशित भएको झल्को देख्न सकिन्छ । प्रदेशको स्थायी राजधानी र नाम पनि केन्द्रको अँध्यारो कोठाबाट पास गर्ने सम्बन्धित प्रदेशसभालाई निर्देशित गरिएको पाइन्छ ...

समाचार स्रोत :