Follow us: Youtube Android App
प्रधानमन्त्री ओलीलाई खगेन्द्र संग्रौलाको प्रश्न: फेरि उही ओम्नीमार्गी धन्दा सुरु भो?
१ कात्तिक २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितका लागि प्रभावहीन प्रमाणित गरेको रेम्डेसिभिर औषधिलाई सरकारले भने आयात तथा प्रयोगका लागि अनुमति दिएपछि लेखक/साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खरो प्रश्न गरेका छन् ।  


शनिबार सामाजिक सञ्जालमार्फत साहित्यकार संग्रौलाले प्रधानमन्त्री ओलीलाई फेरि ओम्नी मार्गमै लागिएको हो भनेर प्रश्न गरेका हुन् ?  ‘विश्व स्वास्थ्य संगठनले परीक्षण गरी कोरोनाको उपचारमा ‘रेम्डेसिभिर’ नाउँको औषधिको प्रभाव ज्यादै न्यून वा शून्य बराबर छ भनेछ,’ लेखक संग्रौलाले फेसबुकमा लेखेका छन्, ‘ओली सरकारले चाहिँ यही चुत्थो औषधि आयात र बिक्री गर्न तीनवटा कम्पनीलाई अनुमति दिएछ ...

समाचार स्रोत :