Follow us: Youtube Android App
दसैँ भत्ता भ्रष्टाचार हो, अहिले अदालत बन्द भएको छ, दसैँपछि खुल्नासाथ पहिलो दिन नै रिट दर्ता गर्छौ
३ कात्तिक २०७७

सांसदहरूले दसैँ भत्ता लिएको विषयमा नैतिकताको प्रश्न उठेको छ, यो नैतिक प्रश्न मात्र हो कि कानुनी रूपमा भ्रष्टाचार पनि ?


यो नैतिकताको प्रश्न होइन, विशुद्ध कानुनी प्रश्न हो । यो भ्रष्टाचार हो । आचार भ्रष्ट हुुनु भनेको नै भ्रष्टाचार हो । यो व्याख्या मात्र होइन, परिभाषा नै हो । कुनै पनि व्यक्तिले आफ्नो पदीय मर्यादाविपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापलाई भ्रष्टाचार भनिने विश्वव्यापी कानुनी अभ्यास हो । यस्तो कदमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २(क) ले भ्रष्टाचार ठहर गरी सजाय हुने कसुर मान्छ । नेपालको कुनै पनि कानुनमा सांसदहरूले दसैँ भत्ता लिन पाउने व्यवस्था नै छैन ...

समाचार स्रोत :