Follow us: Youtube Android App
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
२३ कात्तिक २०७७

काठमाडौं । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो ।


घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे । उता रियल बेटिसका लागि एन्टोइन सराविया र मोनोन गेरासियाले एक–एक गोल गरे । खेलको २२ औं डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समायमा सनारवियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए ...

समाचार स्रोत :