Follow us: Youtube Android App
नेकपाको नियति : बखेडासँगै सहयात्रा
१५ मंसिर २०७७

काठमाडौँ — नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जवाफी दस्ताबेज पेस गर्नुअघि ४७ मिनेट भाषण गरे ।


सचिवालय स्रोतका अनुसार उक्त मन्तव्यबाट उनले चारवटा मुख्य सन्देश दिएका छन् । पहिलो– अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई औपचारिक बैठकमा प्रवेश र छलफल गराउन सकिँदैन, दोस्रो– बहुमत अल्पमतबाट निर्णय हुँदैन, तेस्रो– एकता कायम राख्न दाहालले प्रस्ताव फिर्ता लिएर क्षमायाचना गर्नुपर्छ र चौथो– यसो नहुने हो भने २०७५ जेठ २ अघिको अवस्थामा फर्किंदा हुन्छ । यति भनिसकेपछि ३८ पृष्ठ लामो जवाफी दस्ताबेज पेस गर्दै प्रधानमन्त्री ओलीले उनै दाहालसँग लिखित रूपमा सोधेका छन्, ‘अहिलेको वादप्रतिवाद संवादको हो कि विग्रहको ?...

समाचार स्रोत :