लोकसेवा आयोगको सर्भर २० दिनअगाडि ह्याक भएको तथ्य खुलेको छ । लोकसेवा आयोगले साइबर ब्यूरोमा २० दिनअगाडि आफ्नो सर्भर ह्याक भएको उजुरी दिएको साइबर ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।
‘सर्भर ह्याक गरेको उजुरी लोकसेवा आयोगले पत्रमार्फत २० दिनअगाडि दिएको थियो,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘यसमा नेपाल प्रहरी, गृहमन्त्रालय लगायतको विषेश चासो थियो ।’उजुरी आएपछि साइबर ब्यूरोका प्रमुख नविन्द्र अर्याललगायत साइबर अनुसन्धानका अधिकृतहरूको एउटा टोलीले अनुसन्धान शुरू गर्यो ...