एक जमाना यस्तो पनि थियो, कमरेड प्रचण्डको नाम लिँदा ‘जनयुद्धका सर्वोच्च कमाण्डर कमरेड प्रचण्ड’ भनेर अलि लामै विशेषण जोड्ने गरिन्थ्यो । हो पनि । जनयुद्धको कमाण्डिङ गर्नु निश्चय पनि गार्है काम हुनुपर्छ ।
छिनछिनमा बन्दुक बोक्नुपर्ने । छिनछिनमा गोली पड्काउनुपर्ने । रातदिन गोलीसँग खेलेर उनले जनयुद्ध लडेका थिए । अब जनयुद्ध सकियो । गोलीसँग खेल्ने जमाना पनि सकियो । तर, शान्तिपूर्ण बाटोमा आएपछिचाहिँ गोली होइन, ओलीसँग भिड्नु परिरहेको छ । अहिले हेर्नोस्, पार्टीमा उहाँको भिडन्त ओलीसँग चलिरहेको छ । प्रचण्डको गोलीसँग लड्ने दिन पो सकिएको रहेछ, ओलीसँग लड्न त बाँकी नै छ नि ...