काठमाडौं । पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ । यससँगै चार खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।
दोस्रो इनिङ्समा खराब ब्याटिङ गरेको भारत ३६ रनमै अलआउट भएपछि अष्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पायो, जसलाई घरेलु टोलीले २१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका ओपनर जोए बर्न्सले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । उनले छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए । अर्को ओपनर म्याथ्यु वेडले ३३ रन जोडे । वेडलाई विकेटकिपर ऋद्धिमन साहले रनआउट गरेका थिए ...