प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको एउटा समूहले पछिल्ला केही दिनमा सञ्चालन गरेको राष्ट्रव्यापी राजनीतिक अभियानले नेकपाकै अर्को समूह र अन्य राजनीतिक दललाई छायाँमा पारिदिएको छ ।
नेकपाभित्रै पनि कमजोर रहेको अनुमान गरिएको ओली पक्ष संसद् विघटनपश्चात नयाँ निर्वाचनको पक्षमा माहोल सिर्जना गर्न कस्सिएको छ । पछिल्ला केही दिनमा आयोजना गरिएका आमसभा, आन्तरिक प्रशिक्षण, कार्यकर्ता भेला र जनवर्गीय संगठनका कार्यक्रममार्फत् ओलीले आफू कमजोर नरहेको सन्देश दिन खोजिरहेका छन् । गत पुस ५ गते ओलीले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेका थिए ...