Follow us: Youtube Android App
'प्रधानमन्त्री पद पाउन ओलीले जबज छोड्ने प्रस्तावमा पहिले हस्ताक्षर गरेका थिए'
२८ पुष २०७७

काठमाडौँ — प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।


दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलामा प्रधानमन्त्री प्राप्त गर्नका लागि ओलीले 'राजनीतिक बेइमानी' गरेको दाहालको भनाइ थियो । पार्टी एकताका क्रममा जबज छोड्न नहुने भन्दै माधवकुमार नेपालले कुरा राखेको र पूर्वमाओवादीका केही नेताले पनि २१औँ शताब्दीको जनताको जनवाद राजनीतिक सिद्धान्त राख्नुपर्छ भनेर कुरा राखेको अवस्थामा ओलीले नै जबज छोड्न तयार भएपछि कुरा मिलेको दाहालको भनाइ थियो ...

समाचार स्रोत :