पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्देकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा गौरिकाले आफ्नो विधामा अवार्ड जित्दा तेक्वान्दोकी आयशा शाक्य, करातेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् । पौडीवाज गौरिकाले गत वर्ष घरेलु भूमिमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा चारवटा स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन् ...