काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्द दायर रिटमा आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलाशमा विचाराधीन छ ।
प्रतिनिधिसभा विघटनको विषय बृहत् पूर्ण इजलासको क्षेत्राधिकारभित्र पर्ने भन्दै दायर निवेदनमा शुक्रबार संवैधानिक इजलाले बृहत् पूर्णमा लैजानु नपर्ने निर्णय गरेको थियो । इजलासको क्षेत्राधिकारको विषय टुंगिएपछि अब संवैधानिक इजलासमै प्रतिनिधिसभा विघटनविरूद्दको मुद्दामा नियमित सुनुवाई हुनेछ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्दै दायर रिट पुस ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले संवैधानिक इजलासमा पठाएको थियो ...