Follow us: Youtube Android App
नाकामा निगरानी फितलो
१ बैशाख २०७८

वीरगन्ज/भैरहवा l छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या विश्वमै दोस्रो स्थानमा पुग्दा नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा पुगेका छन् । नाकामा स्वास्थ्य जाँच र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी नहुँदा भारतबाट फर्किएका नेपाली सिधै घर पुग्दा संक्रमणले भयावह रूप लिने जोखिम बढेको छ ।

होली मनाउन गत चैत १४ मा भारतको हैदराबादबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा घर फर्किएका ३७ वर्षीय युवकको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भयो । ज्वरो र रुघाखोकी आएपछि चैत २६ मा उनी वीरगन्जको एडभान्स मेडिकेयर भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि चैत ३० को मध्यरात उनलाई नारायणी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोज रोशन दासले बताए ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको छ । ‘होलीमा घर फर्किएका नेपालीसँगै कोरोनाको नयाँ भेरिएन्ट प्रवेश भइसकेको छ,’ उनले भने, ‘अधिकांश अस्पताल शंकास्पद संक्रमितले भरिएका छन्, जोखिम बढ्दो छ ।’ उनका अनुसार पछिल्लो एक साताको ट्रेन्ड हेर्ने हो भने नयाँ स्ट्रेनको सामुदायिक संक्रमण सुरु भइसकेको छ । ‘भयावह अवस्था रोक्न राजनीतिक कार्यक्रम, पार्टी प्रवेश, कार्यकर्ता प्रशिक्षणजस्ता कार्यक्रममा अविलम्ब प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भने ...

समाचार स्रोत :