Follow us: Youtube Android App
प्युठान दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ११ घाइते
१ बैशाख २०७८

प्युठानमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा थप दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुई जनाको घटनास्थलमै र बाँकीको उपचारको क्रममा ज्यान गएको हो।

ज्यान गुमाउनेमा जिपका चालक गुल्मी मुसिकोट नगरपालिका ३ का २२ वर्षीय केशव कार्की, प्रशासनका कर्मचारीहरु गुल्मीका ३५/३६ वर्षीय सुर्य पन्थी, ईश्वर भण्डारी, स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत ३८/३९ वर्षीय श्याम न्यौपाने र २७/२८ वर्षीय एक पुरुष रहेका छन्। उनको गाडीमा च्यापिएको अवस्थामा शव फेला परेको र पहिचान भइनसकेको प्रहरीले जनाएको छ ...

समाचार स्रोत :