Follow us: Youtube Android App
प्रदेशहरूमा सत्ता–खेल
३ बैशाख २०७८

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। यसका लागि प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठकमा सरकारले दुई अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले बिहीबार मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने निर्णय गरेको छ। ‘अस्थिरता निम्त्याउने खेल सुरु गरियो। यसले कर्णालीको समृद्धिमा बाधा पुग्छ। तसर्थ हामीले संसद्मा विश्वासको मत लिने निर्णय गरेका हौं’, प्रमुख सचेतक सीताकुमारी नेपालीले भनिन्, ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सांसदहरूलाई मुख्यमन्त्रीको पक्षमा मत दिन आग्रह गरेका छौं।’ 

सत्ता सहयात्री एमालेले साथ छाडेपछि मुख्यमन्त्री शाही संकटमा परेका हुन्। एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ। तर, माओवादी केन्द्रले सहजै नेतृत्व नछाड्ने देखिएको छ। एमालेले चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ। त्यहीअनुसार नै मुख्यमनन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ...

समाचार स्रोत :