Follow us: Youtube Android App
भारतबाट घर फर्किनेलाई सिमामा सेनेटरी प्याडदेखी खाजासम्म
१९ जेठ २०७८

वीरगन्ज । भारतसँग खुल्ला सीमा जोडिएको प्रदेश नंं.२ का मुख्य तीन नाका सहित सीमा क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन सिमा क्षेत्र व्यवस्थित गर्न थालिएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले अन्य सुरक्षासँग सम्बद्ध निकायहरुसँगैको सहकार्यमा सीमा नाकामा थप कडाई गर्दै संक्रमण ह्वात्तै आउन नसक्ने गरी थप व्यवस्थित गरेको हो ।

पहिलो चरणको महामारीका समयमा भारतमा काम गर्न गई नेपाल फर्कदै गरेका प्रवासी नेपालीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन सीमा नाकाका सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । घर फर्कन लागेका नेपालीले नाकामा सहज प्रवेस नपाउदा सास्ती पाएका थिए । तर, अहिले अवस्था बदलिएको छ । सीमा पारीबाट आउने नेपालीहरुको लागि मुख्य सीमा नाकामै माक्स, हातधुने हेण्डवास सहित पानीको व्यवस्था गरिएको छ भने एन्टिजेन परीक्षण, र आइसोलेशन सेन्टरको पनि व्यवस्था गरिएको छ । विभिन्न संघ संस्थाको सहकार्यमा प्रदेश नम्बर २ को वीरगन्जमा पर्ने मुलुकको नै प्रमुख नाकामा सशस्त्र प्रहरी बल नेपाल गण नम्बर १३ को अगुवाईमा कोरोना नियन्त्रण तथा सीमा व्यवस्थापन चुस्त पारिएको छ ।

प्रदेश २ अन्तर्गत पर्साको वीरगन्ज, रौतहटको गौर र महोत्तरीको भिट्टामोड नाका मात्र खुल्ला रहेको सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का प्रमुख बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक ( डिआइजी ) चन्द्र प्रसाद गौतमकले बताए । नेपाल सरकारले स्थलमार्ग भएर नेपाल भित्रिने नेपालीहरुको लागि यो प्रदेशमा मुख्य ३ वटा नाका मात्र खुल्ला राखेको उनको भनाइ छ । यी नाकाहरुमा पिउने पानी, माक्स वितरण, सीमा पारीबाट आउनेहरुको ज्वरो नाप्ने, शंकास्पद मानिसको एन्टिजेन परीक्षण गरी रिपोर्ट समेत तत्काल उपलब्ध गराउने व्यवस्था छ । संक्रमित पाइए अस्थायी कोभिड अस्पताल वा अन्य जिल्लाको भए सम्बन्धित ठाउँको स्वीकृति लिएर मात्र अलग्गै सवारी साधनमा त्यहाँ पठाउने व्यवस्था गरिएको डिआजी गौतमले बताए । ‘महिला प्रहरीबाट छुट्टै सहायता कक्षमा महिलाहरुको लागि सेवा दिइरहेका छौं ।’ उनले भने । पहिलाको अनुभव र व्यवस्थापनलाई सुधार गरी यो पटक धेरै कुराहरु व्यवस्थित गरिएको उनको तर्क छ ...

समाचार स्रोत :