Follow us: Youtube Android App
कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु
२० जेठ २०७८

उदयपुर l उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका- ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्त विरेन्द्रकुमार मगरले बताए । सामान्य उपचारपछि बिरामीको आग्रहमा उनलाई होमआइसोलेसनमा लगिएको थियो ।

यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा दुई छोराको मृत्यु भएको थियो । जेष्ठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ...

समाचार स्रोत :