Follow us: Youtube Android App
सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, चालक भागे
२१ जेठ २०७८

विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए ...

समाचार स्रोत :