Follow us: Youtube Android App
टेलिकममा अनियमितताको चाङ, कम्पनी तीव्र घाटामा
७ भदौ २०७८

नेपाल टेलिकमले एउटै लाइनबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने (एफटीटीएच) सेवा गत वर्ष व्यापक विस्तार गर्ने घोषणा गर्‍यो। तर, घोषणाअनुसार काम गर्न नसकेपछि गत वर्ष झन्डै ५० प्रतिशत आम्दानी घट्यो। महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार एफटीटीएच सेवाबाट प्रतिग्राहक आम्दानी ४९ दशमलव ८७ प्रतिशत घटेको छ।


व्यवस्थापनको अक्षमताका कारण इन्टरनेट ब्यान्डविथ शुल्कबापत टेलिकमले ठूलो रकम घाटा व्यहोर्नुपरेको छ। त्यसमा टेलिकमले ३ वटा विदेशी सेवा प्रदायक कम्पनीलाई १ अर्ब ४२ करोड ८७ लाख ७१ हजार भुक्तानी गरेको थियो। तर, खरिद क्षमताको ५० प्रतिशत मात्र प्रयोगमा आएको थियो। यसबाट ठूलो रकम नोक्सानी व्यहोर्नुपरेको टेलिकम स्रोतको भनाइ छ ...

समाचार स्रोत :