Follow us: Youtube Android App
सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी
२९ भदौ २०७८

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले आफ्नो भुक्तानी सेवा सुरु गरेको हो ।

यससँगै अब प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सक्ने जनाइएको छ ।

यति मात्र होइन, नमस्ते पेले नेपालमै पहिलो पटक इन्टरनेट नचल्ने मोबाइलबाट समेत वालेटको खाता खोल्ने र भुक्तानी गर्ने सुविधा ल्याएको छ । प्रयोगकर्ताले *500# डायल गरी प्राप्त निर्देशन अनुसार वालेटको खाता खोल्न सक्नेछन् ...

समाचार स्रोत :