Follow us: Youtube Android App
लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने
१६ असोज २०७८

काठमाडौं । दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुने भएको छ । तथ्याङ्क विभागले फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको हो ।

सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने बताउनुभयो ।

व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने उहाँले बताउनुभयो । यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ...

समाचार स्रोत :