Follow us: Youtube Android App
इन्टरनेटको तार काट्नेलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग
१६ असोज २०७८

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्रधिकरणले इन्टरनेटको तार काटिएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै यसमा संलग्नलाई कारबाहीको लागि आग्रह गरेको छ ।

शनिबार विद्युत प्राधिकरणले इन्टरनेट नै अवरुद्ध हुने गरी भरतपुर, बुटवल, धादिङ, ताप्लेजुङ, काठमाडौंका केही स्थान, र विराटनगर लगायतका स्थानमा तार काटेको छ ।

आफूले बढाएको पोल भाडा नतिरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काट्न सुरु गरेको हो ।

‘विद्युत प्राधिकरणबाट देशका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काट्दा देशका धेरै स्थानहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको प्रति यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण हुन पुगेको छ,’ दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ...

समाचार स्रोत :