Follow us: Youtube Android App
साढे ३३ किलो सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय
१९ असोज २०७८

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो ।

जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा १९ वैशाख २०७५ मा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । तीमध्ये ज्यान मुद्दाका आरोपी मात्र दोषी ठहर भएका हुन् । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहरिएका छन् ...

समाचार स्रोत :