Follow us: Youtube Android App
खुला आकाशमुनि झाडापखालाका बिरामी
२० असोज २०७८

कपिलवस्तु — कृष्णनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म दुई सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

झाडापखालाका कारण कृष्णनगर–९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर–८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भएको मेसु डा. मुकेश चौधरीले बताए । कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो । कृष्णनगर–७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका बासिन्दा बिरामी परेका हुन् ।

बहादुरगन्जस्थित शिवराज अस्पतालमा मंगलबार दिउँसोसम्म ८५ जनाको उपचार भइरहेको थियो । साँझ एकैपटक ३५ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । अस्पताल भरिएपछि कतिपयले गाउँका निजी क्लिनिकमा उपचार गराइरहेका छन् । सामान्य समस्या भएका घरमै उपचाररत छन् । साँझसम्म सिकिस्त भएका २३ जनालाई थप उपचारका लागि बुटवल र भैरहवा रेफर गरिएको छ । ‘१५ बेडको अस्पतालमा साधनस्रोत कम छ,’ अस्पतालका निमित्त मेसु डा. चौधरीले भने, ‘त्यही भएर बढी थलिएका बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरेका छौं ।’ राति एकाएक बिरामी बढेपछि आफूहरू आत्तिए पनि अहिले स्थिति केही सहज हुँदै गएको डा. चौधरीले बताए । ‘सुरुमा सोमबार साँझ ५/६ बजेतिर ५/७ जना बिरामी आएका थिए । सामान्य रूपमा लिएर उपचार गर्‍यौं,’ डा. चौधरीले भने, ‘राति ११ बजेपछि बढ्दै गए, बिहानसम्म अस्पतालमा एक सयभन्दा बढी बिरामी आए ...

समाचार स्रोत :