Follow us: Youtube Android App
३ दिनसम्म आएन रिपोर्ट, पखालाका बिरामी थपिँदै
२२ असोज २०७८

कपिलवस्तु, बुटवल — दुई जनाको ज्यान जाने र ६ सय जनाभन्दा बढी बिरामी पर्ने गरी फैलिएको झाडापखाला प्रकोपको पहिचान गर्न संकलन गरिएको दिसाको रिपोर्ट तीन दिन बितिसक्दा पनि नआउँदा नियन्त्रणमा समस्या भएको छ । मंगलबार संकलन गरिएको दिसाको नमुना बिहीबार बल्ल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

रिपोर्ट आउन थप एक दिन लाग्नेछ । हैजाको आशंका गरिए पनि नियन्त्रण अभावमा बिरामी थपिने क्रम बिहीबार पनि जारी छ । रोगको यकिन पहिचान नहुँदा नियन्त्रणको योजना नै बनेको छैन ।

आठ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको छ । बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिहीबार मात्रै १ सय २५ जना नयाँ बिरामी थपिएका छन् । उनीहरूमा बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । कृष्णनगर नगरपालिकामा दूषित पानीका कारण प्रकोप फैलिएको आशंका छ ...

समाचार स्रोत :