Follow us: Youtube Android App
हुम्लाको खार्पुनाथमा घर पुरिँदा ६ जना बेपत्ता
३ कात्तिक २०७८

हुम्ला — वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ जना बेपत्ता भएका छन् । खर्पेलगाउँस्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसेको हो ।

पहिरोमा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका छन् । घरपछाडिबाट आएको पहिरोले पुरिएर एकै घरका ६ जना बेपत्ता भएको स्थानीय स्थानीय हर्क शाहीले जानकारी दिए । रातिको समय भएकाले उद्धारमा कठिनाइ भएको उनले बताए ।

वर्षाका कारण सदरमुकाम सिमकोटबाट राति सुरक्षाकर्मी घटनास्थल पुग्न सक्ने अवस्था नरहेको र घटनास्थलनजिकैको याङ्चु प्रहरी चौकीसँग वर्षाकै कारण सम्पर्क हुन नसकेकाले बिहान मात्र संयुक्त सुरक्षा टोली पठाइने हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए ...

समाचार स्रोत :