Follow us: Youtube Android App
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, ६ घाइते
२ मंसिर २०७८

रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

घटनास्थलमै तीन जना पुरूष र एक महिला गरी चार जनाको मृत्यु भएको हो। रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले मृतकको सनाखत भइनसकेको सेतोपाटीलाई बताए।

थप ६ जना घाइतेलाई उद्धार गरी सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पुर्‍याएको डिएसपी सुवेदीले बताए।

उनका अनुसार दाङको घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा झन्डै एक सय मिटर तल माडी खोलामा खसेको हो ...

समाचार स्रोत :