Follow us: Youtube Android App
क्यान्टिलिभर पुल : हिँड्नलाई होइन, हेर्नमात्र पाइन्छ
५ मंसिर २०७८

गोरखा — बूढीगण्डकीमाथिको यारुभीर । लहरै अड्याइएको स्टिलको पुल । भीर खोपेर भिन्न शैलीमा निर्माण गरिएको यहाँको क्यान्टिलिभर पुलले जिल्लामा मात्र नभई देशभर नै चर्चा बटुल्यो । आफ्नो क्षेत्रभित्रका पर्यटकीय स्थल पहिचान गरी प्रचार गर्ने क्रममा धार्चे गाउँपालिकाले क्यान्टिलिभर पुललाई प्राथमिकता दिएको छ । नौलो प्रकृतिको पुल देखाएर पर्यटकलाई लोभ्याउने गाउँपालिकाको लक्ष्यलाई यसै वर्षको बाढीले ठूलो धक्का दिएको छ ।

जिल्लाको एक मात्र पैदलमार्गमा रहेको उक्त पुलको झन्डै डेढ सय मिटर पहुँचमार्ग असार तेस्रो साताको बूढीगण्डकीमा आएको बाढीले कटान गरेको हो । क्यान्टिलिभर पुल छ, तर त्यसबाट हिँड्न मिल्दैन । पुलबाट हिँड्न नमिलेपछि मनास्लु पदमार्ग आउजाउ गर्ने पर्यटक अनौठो मान्छन् । स्थानीय बासिन्दा तथा चुमनुब्रीमा उपभोग्य सामग्री ढुवानी गर्ने खच्चड यारुखोलामा हेलिँदै बूढीगण्डकी बगर भएर यात्रा गर्छन् । देशमै चर्चा बटुलेको यारुबगरको यो क्यान्टिलिभर पुलमा असारयता हिँड्न रोकिएको हो ।

उत्तरी गोरखाको दुर्गम स्थानीय तह हो चुमनुब्री । यो सवारी चल्ने सडक सञ्जालमा जोडिएको छैन । विकटका पदमार्ग पनि भत्किँदा चुमनुब्रीका बासिन्दा निकै मर्कामा छन् । ‘अर्को बाटो छैन, सानो पानी परेर बूढीगण्डकी बढ्यो भने बगरबाट पनि हिँड्न सकिँदैन,’ खच्चड व्यवसायी सुन्दर गुरुङले भने, ‘हिउँदमा बूढीगण्डकी सुकेर मात्र हिँड्न पाएका हौं ।’ पुलसँगैको बाढीले बगाएको पहुँचमार्ग भासिने क्रम अझै नरोकिएको उनले बताए । ‘यो वर्ष जता हेर्‍यो, त्यतै बाढीपहिरो छ, बगरको बाटो हिँड्दा पनि यारु भीरबाट ढुंगा खसिरहन्छ,’ उनले भने, ‘कुनाबाट हिँड्यो पहिरोको डर, छेउतिर बूढीगण्डकी छ ...

समाचार स्रोत :